बाढीले मोटरसाइकल बगायो, चालकको सकुशल उद्धार
कैलाली - मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकल बगाउँदा चालकको प्रहरीले सकुशल उद्धार गरेको छ।
अविरल वर्षापछि आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ जाँदै गरेका बर्दगोरिया गाउँपालिका–२ का ३९ वर्षीय लौटन थारु सवार से ४ प ८६७९ नम्बरको मोटरसाइकल बगाएको थियो।
बिहीबार राति करिब ८:३० बजे इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक मीरा खड्काको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट करिब १५० मिटर तल खोलामा बगिरहेका थारुलाई सकुशल उद्धार गरेको हो।
उद्धार गरिएका थारुको ढाड र दाहिने कुहिनोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र आफन्तको जिम्मा लगाइएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३ १०:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

