Harsamaya
 शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा सहभागी हुँदै
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ।

काठमाडौं - जेनजी आन्दोलनपछि सार्वजनिक कार्यक्रममा नदेखिएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पहिलो पटक सामुहिक मञ्च प्रयोग गर्दैछन् । 

साउन २९-३१ गते पूर्व महामन्त्री शशांक कोइराला नेतृत्वको राष्ट्रिय भेलामा सहभागी हुन लागेका देउवाले पहिलो पटक सार्वजनिक रूपमा मन्तव्य पनि दिने भएका छन ।

आगामी साउन २६ गते  काठमाडौं फर्किन लागेका देउवाले त्यसको तीन दिन पछि सार्वजनिक अभिव्यक्ति दिने छन् ।

उपचारका लागि विगत पाँच महिना देखि हङकङ र सिंगापुर गरिरहेका देउवा दम्पत्ति मध्ये देउवा एक्लै स्वदेश फर्किन लागेका हुन । देउवा दम्पत्ति गत फागुन १३ मा स्वास्थ्य उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनी अब फर्किदा पनि सिंगापुर हुदैँ नेपाल आउने छन्। 

नेपाली कांग्रेसको नेतृत्व गगनकुमार थापाले लिए पछि देउवाले अहिलेसम्म सार्बजनिक टिप्पणी गरेका थिएनन, न त कुनै प्रतिक्रिया नै जनाएका थिए । लगभग मौन बस्दै आएका देउवा साउन २९ को भेलालाई भने सम्बोधन गर्नेछन । 

यसैगरी, देउवाले हालेको पार्टीको आधिकारिकता सबन्धी मुद्दामा आज पुनरावलोकन गर्ने भन्दै सर्वोच्च अदालतले निस्सा दिए पछि देउवा पक्ष उत्साहित भइरहेको बेला उनी स्वदेश फर्कन लागेका हुन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  २१:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update