Harsamaya
 इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

नेपालगञ्ज - बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ।

साउन १८ गते बिहान करिब ११:२० बजे इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए।

उपचारका लागि अस्पताल भर्ना गरिएका कोरीको साउन २० गते बिहान ३:३० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update