Harsamaya
रोल्पा केन्द्रबिन्दु भएर भूकम्प
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update