भेरी नदीको बीचमा फसेका चार जनाको सेनाको हेलिकप्टरबाट उद्धार
काठमाडौं - नेपाली सेनाले जाजरकोटस्थित भेरी नदीको बीचमा फसेका चार जना स्थानीयको उद्धार गरेको छ ।
आइतबार जाजरकोटस्थित भेरी नदीमा अचानक पानीको बहाव बढ्दा नदीको बीचमा फसेका चार जना स्थानीयको सेनाले सकुशल उद्धार गरेको हो ।
भेरी नदीको बहाव अचानक बढेपछि चार जना नदीको बीचमा फसेका थिए । उनीहरूलाई तत्काल उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०८३ १०:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

