Harsamaya
राष्ट्रिय सभामा गृहमन्त्री र शिक्षामन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर
गृहमन्त्री सुधन गुरुङ ।

काठमाडौं - सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको ३४औँ बैठक आज दिउँसो १:१५ बजे बस्दैछ।

बैठकमा गृहमन्त्री सुधन गुरुङ र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आफ्ना मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

त्यसैगरी, राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

आजको बैठकमा संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सम्माननीय अध्यक्षले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  ०६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update