Harsamaya
विराटनगर पुगे गृहमन्त्री
गृहमन्त्री सुदन गुरुङ ।

काठमाडौं - गृहमन्त्री सुदन गुरुङ विराटनगर पुगेका छन् ।

विराटनगर पुगेका गृहमन्त्री गुरुङले सिधै सुनसरी देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने भएका छन् ।  

साथै, उनले घटनामा ज्यान गुमाएकाका परिवारजनसँग भेटेर समवेदना व्यक्त गर्ने तथा घटनाबारे जानकारी लिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update