मोरङ - कानेपोखरी- रङ्गेली सडक खण्ड अन्तर्गत कानेपोखरी ७ वरगाछीमा मङ्गलबार भएको सडक दुर्घटनामा गम्भीर घाइते भएका ७५ वर्षीय हर्कबहादुर गजमेरको उपचारका क्रममा मृत्यु भएको छ ।
कानेपोखरी अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण थापाका अनुसार कानेपोखरीबाट रङ्गेली तर्फ जाँदै गरेको प्रदेश १-०२-०६०प ९८६७ नम्बरको मोटरसाइकलले मङ्गलबार बिहान कानेपोखरी ५ घलेटोलका गजमेरलाई ठक्कर दिएको थियो ।
गजमेरलाई तत्काल उद्दार गरी उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल पठाइएको थियो । गजमेरको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरी सहायक निरीक्षक थापाले जानकारी दिनुभयो ।माेटरसाइकल चालक कानेपोखरी ५ छकमकटोलका २४ वर्षीय सुमन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरेको छ ।
मोटरसाइकल चालक चौधरी र पछाडि सवार २१ वर्षीय भगत थारु सकुशल रहेका छन् ।

