काठमाडौं - पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन्।
उपलब्ध तथ्यांकअनुसार सबैभन्दा बढी मानवीय क्षति लुम्बिनी प्रदेशमा भएको छ। त्यहाँ पाँच जनाको मृत्यु र दुई जना घाइते भएका छन्। कोशी प्रदेशमा एक जनाको मृत्यु तथा १३ जना घाइते भएका छन् भने मधेश प्रदेशमा एक जनाको मृत्यु र १२ जना घाइते भएका छन्।
गण्डकी प्रदेशमा चार जनाको मृत्यु र दुई जना घाइते भएका छन्। कर्णाली प्रदेशमा मृत्यु नभए पनि १० जना घाइते भएका छन्। बागमती प्रदेशमा मृत्यु नभए पनि छ जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा पनि मृत्यु नभई छ जना घाइते भएका छन्।
त्यसैगरी काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट १२ जना घाइते भएका छन्।
तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनाले कुल ११ जनाको ज्यान गएको तथा ५४ जना घाइते भएका छन्। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ भने चालकलाई ट्राफिक नियम पालना गर्न र वर्षायाममा थप सतर्क भएर सवारी चलाउन आग्रह गरेको छ।

