Harsamaya
लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।

देउखुरी - लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको संयुक्त राजीनामा पत्रमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आफ्नो पदबाट राजीनामा दिएको उल्लेख गर्दै राजीनामा स्वीकृत गरिदिन मुख्यमन्त्रीसमक्ष अनुरोध गरेका छन्।

राजीनामा दिने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकासमन्त्री जनमजय तिमिल्सिना र वन तथा वातावरणमन्त्री देवेन्द्रप्रसाद कलवार रहेका छन्।

सांसदीय दलको कार्यालयको लेटरहेडमा जारी संयुक्त राजीनामा पत्रमा पाँचै मन्त्रीको हस्ताक्षर रहेको छ। राजीनामापछि लुम्बिनी प्रदेश सरकारको नयाँ सत्ता समीकरण र मन्त्रिपरिषद् पुनर्गठनबारे चासो बढेको छ।

lumbini-congress-1785241115.jpg

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update