Harsamaya
भारतको जेलमा रहेका नेपाली किसानको रिहाइका लागि कांग्रेसको सरकारसँग आग्रह
नेपाली कांग्रेस ।

काठमाडौं - नेपाली कांग्रेसले भारतको विहारस्थित जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा सर्लाहीको बलरा नगरपालिकाका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह सीमावर्ती भारतीय बजारबाट आफ्नो खेतीका लागि रासायनिक मल खरिद गरी नेपाल फर्किने क्रममा पक्राउ परेको उल्लेख गरिएको छ।

कांग्रेसले खेतीका लागि मल ल्याउने क्रममा पक्राउ परेका किसानलाई मानवीय आधारमा तत्काल रिहा गराउन सरकारले आवश्यक कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ।

विज्ञप्तिमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, खुला सीमा तथा दुई देशका नागरिकबीचको आत्मीयतालाई ध्यानमा राख्दै यस्ता संवेदनशील विषयको शीघ्र समाधान खोज्न पनि सरकारसँग आग्रह गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update