गगनले बनाए गोपालमानलाई वरिष्ठ नेता
काठमाडौं - गगन थापा नेतृत्वको नेपाली कांग्रेसले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको छ।
सभापति थापाले नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाएको जानकारी दिएका हुन । उनले सो जानकारी बिपी स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममार्फत दिएका हुन् ।
सभापति थापाका अनुसार अब बस्ने केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी वरिष्ठ नेता बनाउने निर्णय भएको हो ।
नेता श्रेष्ठ भने अहिले उपचारको लागि अस्पतालमा छन्।
प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३ १८:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

