Harsamaya
‘स्टाटस’बाट होइन, विधिअनुसार कर हटाउनुपर्छ : प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ।

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले शिक्षा र स्वास्थ्यमा लगाइएको अतिरिक्त कर हटाउने प्रधानमन्त्रीको घोषणालाई सकारात्मक भन्दै त्यसलाई विधि र प्रक्रियाअनुसार कार्यान्वयन गर्न आग्रह गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पौडेलले शिक्षा र स्वास्थ्यमा लगाइएको थप कर हटाउने घोषणाले नागरिकलाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन्। तर जनस्तरबाट विरोध भएपछि मात्र सरकार आफ्ना कमजोरी सच्याउन खोजेको र विधि–प्रक्रिया पूरा नगरी सामाजिक सञ्जालमार्फत घोषणा गर्नु उचित अभ्यास नभएको उनको टिप्पणी छ।

उनले विगतमा यस्ता करसम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट गरिएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्यसँगै अधिकांश नागरिकले उपभोग गर्ने विद्युत् महसुलमा लगाइएको थप कर पनि क्याबिनेट निर्णयमार्फत हटाउन सरकारसँग आग्रह गरेका छन्।

पौडेलले विधि र संस्थाभन्दा व्यक्ति हावी हुने प्रवृत्तिले लोकतान्त्रिक व्यवस्थामै असर पार्ने चेतावनी दिँदै सामाजिक सञ्जालको ‘स्टाटस’ले मात्र देशको अर्थतन्त्रलाई दिशानिर्देश गर्न नसक्ने बताएका छन्। साथै, थप गरिएका कर हटाइए पनि निर्णय विधिसम्मत ढंगबाट हुनुपर्नेमा उनले जोड दिएका छन्।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update