Harsamaya
कार्यालयभित्र कर्मचारीमाथि कुटपिट, वडाध्यक्ष पटेल पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

वीरगन्ज - पर्साको कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सञ्जय पटेल कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय पोखरियाले अभद्र व्यवहार मुद्दाअन्तर्गत सोमबार उनलाई हरिहरपुर बिर्ताबाट पक्राउ गरेको हो। गत असार २३ गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि कार्यालयभित्रै कुटपिट भएको घटनापछि कर्मचारीहरूले दोषीमाथि कारबाहीको माग गर्दै आएका थिए।

प्रहरीका अनुसार पक्राउ परेका पटेललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइनेछ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update