Harsamaya
दुई वटा संसदीय समितिको बैठक बस्दै
संघीय संसद सचिवालय ।

काठमाडौं -  आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आइतबार अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने भएको हो ।

अर्थ समितिको बैठक बिहान ९:३० बजे बस्ने भएको हो । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफल हुने कार्यसूची छ । 

यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ बजे बस्ने भएको छ ।

बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन, २०८३ उपर महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल हुने कार्यसूची छ ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update