काठमाडौं - देशभर पछिल्लो २४ घण्टामा ६५ वटा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन्।
उपलब्ध तथ्यांकअनुसार सबैभन्दा धेरै दुर्घटनाबाट घाइते हुने प्रदेश कोशी रहेको छ। कोशीमा १२ वटा दुर्घटनामा २ जनाको मृत्यु हुँदा ४२ जना घाइते भएका छन्।
काठमाडौं उपत्यकामा ३३ वटा दुर्घटना हुँदा १ जनाको मृत्यु र १३ जना घाइते भएका छन्। मधेश प्रदेशमा ७ वटा दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । लुम्बिनीमा ७ वटा दुर्घटनामा १० जना, सुदूरपश्चिममा ३ वटा दुर्घटनामा ८ जना र कर्णालीमा २ वटा दुर्घटनामा ५ जना घाइते भएका छन्।
यस्तै, बागमती प्रदेशमा १ तथा गण्डकी प्रदेशमा १ वटा दुर्घटना भए पनि मानवीय क्षति भएको छैन।
समग्रमा पछिल्लो २४ घण्टामा भएका ६५ सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको र १०५ जना घाइते भएको तथ्यांकले देखाएको छ।

