Harsamaya
सांसद अमरेशकुमारको सरकारलाई प्रश्न : ‘उखुको पैसा पाउन किसान फेरि माइतीघरमा बस्नुपर्ने हो?’
प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह ।

काठमाडौं – प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सर्लाहीका दुई चिनी उद्योगले उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । 

सामाजिक सञ्जालमा शुक्रबार स्टाटस लेख्दै सांसद सिंहले धान रोपाइँको समय नजिकिँदै गर्दा अन्नपूर्ण चिनिमिल (धन्कौल, सर्लाही) र महालक्ष्मी चिनिमिल (बगदह, सर्लाही) ले अझै किसानको बक्यौता रकम नदिएको उल्लेख गरेका छन् । 

उनले मल र सिँचाइको अभावसँगै भुक्तानी नपाउँदा किसान थप समस्यामा परेको बताउँदै छोराछोरीको शिक्षा र दैनिक घरखर्चसमेत धान्न कठिन भएको उल्लेख गरे । 

मधेशका धेरै क्षेत्र सुख्खाग्रस्त घोषणा गरिए पनि पर्याप्त सिँचाइको व्यवस्था हुन नसकेको भन्दै सिंहले सरकारको ध्यानाकर्षण गराए । 

उनले प्रश्न गरेका छन्, "के किसानले आफ्नो रकम पाउन फेरि माइतीघरमा बस्नै पर्ने हो? यदि हो भने अहिलेको सरकार र पछिल्लो सरकारबीच के अन्तर रह्यो?"

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  २२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update