Harsamaya
गाँजा खाएर सवारी चलाउने दुई चालक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सिन्धुपाल्चोक - प्रहरीले लागूऔषध सेवन गरी सवारी चलाएको आरोपमा दुई जना पक्राउ गरेको छ । 

बाह्रबिसे नगरपालिका–६ का २९ वर्षीय खड्गराज सेवा र भोटेकोशी गाउँपालिका–१ का ३४ वर्षीय भगवान कार्की लागूऔषध सेवन गरी सवारी चलाइरहेको भेटिएपछि प्रहरीले पक्राउ गरेकव हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार असार १२ गते बाह्रबिसे नगरपालिका–३ स्थित अरनिको राजमार्गमा गरिएको चेकजाँचका क्रममा सार्वजनिक सवारी चालकहरूको गाँजा सेवन (THC) परीक्षण गरिएको थियो ।

दुवैजनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सिन्धुपाल्चोक जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, असार १४, २०८३  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update