काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले प्रदेश सभा खारेज गर्ने जनमोर्चाको भुत्ते राजनीतिक एजेण्डा बोकेर रास्वपाको अस्तित्व जोगिन नसक्ने टिप्पणी गरेका छन् ।
बस्नेतले संघीयतामाथि हुने छेडखानीले मुलुकलाई द्धन्द्धतर्फ धकेल्ने भन्दै संविधान संशोधन मुलुकलाई अग्रगतिमा लानका लागि हुनुपर्ने बताएका छन् ।
बस्नेतले भने, ‘हरेक राजनीतिक दलका आ–आफ्ना विचार र एजेण्डा हुन्छन् त्यसलाई अन्यथा मान्नु परेन । जहाँसम्म संघीयता, गणतन्त्र, समानुपातिक समावेशीतालगायतका संविधानका मुलभूत विषयमा सम्झौता हुन सक्दैन ।’
यी राजनीतिक उपलब्धी कसैको दया, मायाबाट आएको नभई जनताको आन्दोलन, संघर्ष, त्याग र बलिदानबाट स्थापित भएको उनको टिप्पणी छ ।
संघीयताको सवलीकरणमा जोड दिँदै बस्नेतले प्राप्त राजनीतिक उपलव्धीको रक्षा गर्दै थप उपलव्धीका लागि संघर्षरत रहनुपर्ने बताए ।

