विराटनगरमा दाहाल, नेपाल र डा. शेखरबीच भेटवार्ता, समसामयिक राजनीतिमा छलफल
विराटनगर - नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह-संयोजक माधव कुमार नेपाल र नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाबीचग विराटनगरस्थित कोइराला निवासमा भेटवार्ता गरेका छन् ।
शुक्रबार भएको भेटमा देशको समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही, दलहरूबीचको सहकार्य तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ।
पूर्वप्रधानमन्त्रीद्वय दाहाल र नेपाल आज कोइराला निवास पुगेर डा. शेखरसँग भेटेका हुन् । भेटवार्तामा वर्तमान राजनीतिक परिस्थिति, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण तथा राष्ट्रिय सरोकारका विषयमा विचार आदानप्रदान भएको स्रोतले जनाएको छ।
भेटलाई मुलुकको बदलिँदो राजनीतिक परिवेशमा प्रमुख दलका नेताहरूबीच संवाद र परामर्शको निरन्तरताका रूपमा हेरिएको छ।
प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३ १०:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

