Harsamaya
रास्वपा महाधिवेशनमा मतदान जारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा मतदान जारी ।

भरतपुर - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा मतदान जारी छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि राति अबेरबाट विद्युतीय मतदान सुरु भएको हो ।

प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरी मतदान गरिरहेका छन् । यही असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १० बजेसम्म जारी रहने केसीले जानकारी दिए । 

 निर्वाचनमा ३८४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । 

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update