Harsamaya
रास्वपा महाधिवेशनमा प्रतिनिधिलाई पाए झोला, उम्मेदवारको प्रारम्भिक नामावली अझै सार्वजनिक भएन
भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी प्रतिनिधिहरू ।

चितवन - भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई सामग्रीसहितको झोला वितरण गरिएको छ।

महाधिवेशनमा नेतृत्व चयनका लागि हुने मतदान सुरु हुन अझै दुई–तीन घण्टा लाग्न सक्ने जनाइएको छ। बुधबार दिउँसोसम्म पनि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक हुन नसकेको निर्वाचन समितिले जनाएको छ।

प्रारम्भिक नामावली सार्वजनिक भएपछि दाबी–विरोधका लागि निश्चित समय प्रदान गरिनेछ। त्यसपछि अन्तिम उम्मेदवारको सूची प्रकाशन गरी मतदान प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।

महाधिवेशनमा मतदानका लागि ८० वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ। नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update