रास्वपाको महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्। प्रारम्भिक तथ्याङ्कअनुसार प्रतिनिधिको सङ्ख्या चार हजार २१० पुग्ने केन्द्रीय सचिवालयले जनाएको छ।
सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार देशभरबाट तीन हजार ८१० प्रतिनिधि चयन भइसकेका छन् भने २५ देशका प्रवास सम्पर्क विभागबाट करिब २०० प्रतिनिधि थपिनेछन्। सभापतिले मनोनयन गर्ने २०० प्रतिनिधिसहित अन्तिम नामावली आज साँझसम्म सार्वजनिक गरिने तयारी छ।
रास्वपाको उद्घाटन सत्र आइतबार भरतपुरस्थित गेष्टहाउस चौरमा र बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा आयोजना हुँदैछ। पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन्।
प्रकाशित मिति: शनिबार, असार ६, २०८३ १४:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

