Harsamaya
एकै दिन २४ दुर्घटना : ८२ घाइते, ३ जनाले गुमाए ज्यान
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २४ वटा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन्।

नेपाल प्रहरीले सार्वजनिक विवरण अनुसार मृत्यु हुनेमा सिरहाका ५० वर्षीय प्रदिप कुमार पौडेल, रौतहटका ६० वर्षीय रामानन्द महरा र चितवनकी ७९ वर्षीया जानुकादेवी काराखेती रहेका छन् । 

सबैभन्दा धेरै २९ जना घाइते हुने गरी कोशी प्रदेशमा दुर्घटना भएको छ। मधेश प्रदेशमा दुई जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएका छन् भने काठमाडौंमा भएको दुर्घटनामा २८ जना घाइते भएका छन्।

यस्तै, बागमती प्रदेशमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्। कर्णाली प्रदेशमा एक जना घाइते भएका छन् भने लुम्बिनी प्रदेशमा तीन, सुदूरपश्चिम प्रदेशमा दुई जना घाइते भएका छन्। गण्डकी प्रदेशमा भने मानवीय क्षति भएको छैन।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update