Harsamaya
 तीन संसदीय समितिको बैठक बस्दै
संघीय संसद सचिवालय । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । 

संघीय संसद सचिवालय परिसर, सिंहदरवारमा उक्त बैठक बस्नेछ । 

जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजेवाट सुरू हुनेछ । जुन बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण सम्बन्धमा छलफल हुनेछ । 

उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट तथा वार्षिक कार्यक्रमको वारेमा छलफल गरिनेछ । जुन बैठकमा बिहान ११ बजे बस्नेछ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आगामी स्थानीय निर्वाचनको पुर्वतयारी सम्बन्धमा छलफल गरिनेछ । बिहान ११ः०० बजे सो बैठक सुरू हुनेछ । 


 

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update