Harsamaya
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक गरिएको छ । 

बुधबार रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक गरेको हो ।

पार्टीले तय गरेको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुने जनाइएको छ । 

सुरुमा रत्ननगरको टाँडीमा गर्ने भनिए पनि गर्मीका कारण ठाउँ परिवर्तन गरिएको थियो । बन्द सत्रमा करिब ३,००० प्रतिनिधि सहभागी हुनेछन् भने उद्घाटन सत्रमा ठूलो संख्यामा जनसहभागिता रहने आंकलन गरिएको छ । 

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update