Harsamaya
बैंकिङ कसुरमा वडाध्यक्ष पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

महोत्तरी - प्रहरीले बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको छ  । 

महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले गत वैशाख २२ गते बिहीबार  पक्राउ गरेको हो ।

 प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले वडाध्यक्ष महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी बैंकिङ कसुरसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको  जानकारी दिए ।  
 

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १४:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update