Harsamaya
दुई संसदीय समितिको बैठक बस्दै
संसद सचिवालय ।

काठमाडौं - दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । 

सार्वजनिक लेखा समितिको सातौँ बैठक र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पाँचौं (५औं) बैठक बस्ने भएको छ ।

बिहान ८ः३० बजे बस्ने सार्वजनिक लेखा समितिको सातौँ बैठकमा लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेका छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पाँचौं (५औं) बैठक बिहान ९ बजे बस्ने भएको छ ।

बैठकमा त्रिभुवन, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवस्था लगायत नेपालको हवाई उड्डयन यूरोपियन यूनियनको कालो सूचीबाट हटाउनका लागि मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  ०७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update