बजेट सूचना चुहावटको आरोप निराधार : अर्थमन्त्री वाग्ले
काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटअघि सूचना चुहावट भई अनियमितता भएको भन्ने आरोप निराधार रहेको बताएका छन् ।
अर्थ समितिको बैठकमा उहाँले प्रस्तावित करका दरबारे जानकारी चुहिएर बिवाइडी गाडी भित्रिएको भन्ने दाबी असत्य भएको स्पष्ट पारे ।
उनले आफू र सरकारविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै आर्थिक विधेयकमा देखिएका केही प्राविधिक त्रुटि मात्र सच्याइएको र त्यसपछि कुनै परिवर्तन नगरिएको बताए ।
प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउन तथ्यहीन प्रचार गरिएको भन्दै सांसदहरू यस्ता भ्रममा नपर्न आग्रह गरे ।
प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३ १०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

