Harsamaya
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
संसदमा विपक्षी दल ।

काठमाडौं - प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।

मंगलबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै नाराबाजीसहित अवरोध गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्रीले बिना तथ्य अभिव्यक्ति दिएको भन्दै माफी माग्नुपर्ने अडानसमेत राखेका छन् ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढिरहँदा पनि विपक्षी सांसदहरूले अवरोध जारी राखेपछि बैठक सञ्चालन हुन सकेन ।

सभामुखको आसन नजिकै पुगेर सांसदहरूले नाराबाजी गरेका थिए । अवरोधका कारण बैठक जेठ २५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update