Harsamaya
मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री बालेन्द्र शाह ।

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले भदौ २३ र २४ गतेको मानव अधिकार आयोगका प्रतिवेदन मात्रै नभई विभिन्न कालखण्डमा गठित आयोगहरूले बुझाएका प्रतिवेदनहरूको समेत सरकारले अध्ययन गरिरहेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले विभिन्न समयमा भएका आन्दोलन, तिनका क्रममा भएका घटनाक्रम तथा त्यससम्बन्धी छानबिन प्रतिवेदनहरूबारे सरकार गम्भीर रहेको बताएका हुन् ।

प्रधानमन्त्रीले विभिन्न समयमा गठन भएका आयोगहरूले सरकारलाई बुझाएका प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा अध्ययन गरिने र आवश्यकताअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।

उनले भने,‘मानव अधिकार आयोगको प्रतिवेदन मात्र नभएर भदौ २३ र २४ गतेको मात्र नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरु भएका छन् ।

दमन पनि भएका छन् । प्रतिवेदन पनि धेरै छन्,एउटा मात्र छैन् । विभिन्न आयोगहरु पनि गठन भएका छन् आजसम्म आयोगलाई बुझाएको प्रतिवेदेन सरकारले एकमुष्ठ रुपमा अध्ययन गर्छ र गर्नुपर्ने काम कारवाही त्यही अनुसार गर्छ ।’

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update