Harsamaya
एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण
प्रधानमन्त्री बालेन्द्र शाह ।

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल ‘लिस्ट डभेलप कन्ट्री’बाट तत्काल ग्राजुएट नहुने बताएका छन् ।

सरकारले लिस्ट डेभलप कन्ट्रीबाट तत्काल नहट्नेगरी राष्ट्रसंघलाई लेखेको पत्रका विषयमा नेकपाका सांसदले प्रश्न उठाएका थिए । त्यसको जवाफमा प्रधानमन्त्री शाहले तत्काल अल्पविकसित राष्ट्रको सूचीबाट नहट्ने भन्दै चीनको उदाहरण दिएका छन् ।

उनले भने, ‘हामी तत्काल लिस्ट डेभलप कन्ट्रीबाट हटिहाल्ने पक्षमा छैनौँ, किनभने यो सूचीबाट हटेपछि हामीले पाउने आर्थिकसहितका सुविधा हट्नेछन्, प्रधानमन्त्री यसमा म चीनको उदाहरण दिन्छु । केही समय अघिसम्म चीन अल्प विकसित देशको सूचीमा थियो । जबकी त्यहाँ विकास धेरै नै भइसकेको अवस्था थियो । त्यसकारण हामी पनि सूचीबाट हट्नका लागि हतार गर्दैनौँ । हामी निर्यातमूखी हुनुपर्छ । देशमा उत्पादन भएको चिजहरुलाई विभिन्न राष्ट्रहरुमा पुर्याउन सकौं भन्ने हिसावले दुई वर्षको लागि टारेका हौं । ’

यसैगरी प्रधानमन्त्री शाहले सुकुम्बासी किन हटाएको भन्ने प्रश्नमा पनि सुकुम्वासी बस्तीमा रहेका नागरिकहरुको ज्यान जोखिममा रहेकाले सरकारले उनीहरुको व्यवस्थापन गरिरहेको बताए । उनले ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्न आग्रह गरे ।

उनले भने, ‘गरिब विपन्नको कुरामा साम्यवाद, समाजवाद भनेको भाषणमा दिन सहज हो । र मज्जा पनि आउँछ । उहाँहरुको एकदमै संवेदनशील अवस्थामा हुनुहुन्थ्यो । म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई उनीहरुलाई स्थान्तरण गरेर होल्डिङ सेन्टरमा राख्नुपर्ने र वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्ने सुझाव दिएको थिएँ । अहिले त्यही अनुरुप काम भइरहेको छ । ३५ वर्षमा समाधान नभएको कुरा ३५ मिनेटमा नखोज्नुस्‘ ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update