Harsamaya
मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ।

काठमाडौं - मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । 

शुक्रबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले राख्नुभएको विश्वासको मतको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत परेको छ । बैठकमा एक सय जना सांसद उपस्थित थिए ।
  
मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा आएको मत कुल संख्याको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले स्वीकृत भएको मधेश प्रदेशका सभामुख राम अशिष यादवले घोषणा गरे । 

गत वैशाख २१ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update