नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको समाचारमा आशिकाको प्रतिक्रिया: निष्पक्ष छानबिन होस्
काठमाडौं - रास्वपाकी सांसद आशिका तामाङले पार्टीभन्दा माथि मानवता र न्याय हुने बताएकी छन्।
रास्वपाका सांसद कृष्णकुमार कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको आरोप सार्वजनिक भइरहेका बेला आशिकाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएकी हुन्।
उनले बाहिर आएका सबै कुरा सत्य नहुन सक्ने उल्लेख गर्दै पनि महिलासँग जोडिएको संवेदनशील विषय भएकाले निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने धारणा राखिन्।
‘महिला चाहे स्वदेशी होस् कि विदेशी, आखिर यो धर्तीकी आमा हुन्’ भन्दै उनले महिलाको सम्मान र न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन्।
आशिकाले कसैमाथि अन्याय हुन नहुने बताउँदै गलत गर्ने व्यक्ति आफ्नै नजिकको वा आफ्नै दलभित्रको भए पनि गलतलाई गलत भन्न सक्नुपर्ने उल्लेख गरेकी छन्।
प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३ ०८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

