Harsamaya
विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हुने
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ।

भक्तपुर - एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ ।

पार्टीका उपमहासचिव लेखराज भट्टले आज बसेको सचिवालय बैठकले भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको जानकारी दिए ।

यसैगरी  बैठकमा सरकारको कामको समीक्षा, पार्टी सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजनका बारेमा छलफल भएको थियो । 

पार्टी अध्यक्ष ओलीले सम्बोधन गरेको सचिवालय बैठकमा पदाधिकारीहरुको वरियता क्रम, संविधान संशोधनका विषय, पार्टी कार्यालय भवन निर्माणलगायतका प्रस्ताव पेस गरिएको थियो ।

बैठकमा विभिन्न ११ वटा प्रस्ताव पेसको जानकारी दिँदै नेता भट्टले अर्को बैठक यही जेठ ८ गते शुक्रबार बस्ने बताए । 

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  २०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update