काठमाडौं - महालेखा परिक्षण कार्यालयले बेरुजुको अवस्था सार्वजनिक गरेको छ । शुक्रबार पछिल्लो आर्थिक वर्षको बेरुजुको अवस्था सार्वजनिक गरिएको हो ।
कार्यालयका अनुसार तीन हजार ५० संघीय कार्यालयमध्ये २ हजार १ सय ५६ कार्यालयमा बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख्य संख्यामा संघीय कार्यालयहरूमा बेरुजु देखिएको हो ।
त्यस्तै प्रदेश सरकारी कार्यालयतर्फ १ हजार १२४ निकायको लेखापरीक्षण गरिएकोमा ३२८ कार्यालय (२९.१८ प्रतिशत) मा उल्लेख्य बेरुजु नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।
यो वर्ष संघीय सरकारी कार्यालय, प्रदेश, स्थानीय तह र समिति र अन्य संस्थासमेतको १ लाख ८७ हजार ९१४ दफा बेरुजु देखिएकोमा ९४ हजार ४३८ दफा सैद्धान्तिक र ९३ हजार ४७६ दफा लगती बेरुजु कायम भएको छ ।

