कांग्रेस नीति प्रतिष्ठानको बैठक भोली
काठमाडौं - प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै छ।
बैठक जेठ ३ गते बिहान ११:३० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन सानेपामा बस्नेगरि बोलाइएको छ । बैठकमा सभापति गगन थापाको समेत उपस्थिति रहेन कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि भनिएको छ । प्रतिष्ठानको अध्यक्ष उपसभापति विश्वप्रकाश शर्मा छन् ।
प्रकाशित मिति: शनिबार, जेठ २, २०८३ ०७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

