Harsamaya
प्रतिनिधिसभा बैठक बस्दै: नीति तथा कार्यक्रम छलफल‚ प्रतिपक्षले प्रधानमन्त्री खोज्ने 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।

आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । 

सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो  । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुनेछ । 

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा पनि प्रमुख तथा अन्य प्रतिपक्षमा रहेका दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्ने बताएका छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update