Harsamaya
चट्याङ लागेर वृद्धको मृत्यु 
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

बाजुरा - बाजुरामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ। बाजुराको बुढीनन्दा नगरपालिका–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिएका छन्।

उनका अनुसार,पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर घाइते भएका बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बताएका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update