Harsamaya
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी 

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् । उनले आजमात्र दुई अध्यादेश जारी गरेका हुन् । 

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन् । यस्तै आजै उनले सार्वजनिक खरिद(दोस्रो संसोधन) अध्यादेश २०८३ पनि जारी गरेका हुन् ।

सरकारले करिव आधा दर्जन अध्यादेश पठाएको छ । त्यसमध्ये उनले २ मात्र अध्यादेश जारी गरेका छन् । आजै उनले संविधानविद्हरुसँग पनि छलफल गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update