Harsamaya
डा. शेखर कोइरालाले गरे बागमती प्रदेशस्तरीय छलफल
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला,डा शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउदलगायत नेताहरू ।

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बागमती प्रदेश स्तरीय छलफल गरेका छन् । 

बालुवाटारस्थित ओपेरा होटलमा भएको छलफलमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय पूर्वपदाधिकारी एवं पूर्व केन्द्रीय सदस्यहरु, जिल्ला सभापती र पूर्व सभापती, सांसद र पूर्वसांसद, बागती प्रदेस सांसद, कांग्रेस बागमती प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु लगायत अन्य महत्त्वपूर्ण नेताहरुको उपस्थिति रहेको थियो ।

देश र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै रणनीति तयार गर्ने उद्देश्यले सुझाव लिन छलफल आयोजना गरिएको हो ।

छलफलमा सहभागीहरुले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भैसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने अडान राखेका छन् । अहिले आएर सदस्यता अद्यावधिक व्यवहारिक नभएको उनीहरुको तर्क थियो । उनीहरुले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको बताए । पार्टी एक बनाएर लैजाने सम्पुर्ण जिम्मेवारी पनि सभापतिकै रहेको उनीहरुले बताए ।

छलफलमा नेताहरू डा शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दिपक गिरी, संजय गौतम, शिब हुमागाँई, राजिव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा गोविन्दराज पोख्रेल, किरण यादव, गणेश लामा, संघीय सांसदहरु डा चन्द्रमोहन यादव, उर्मिला थपलिया र गिता देवकोटा, कांग्रेस बागमती प्रदेश समिति महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल, सदस्यहरु- उपेन्द्र लम्साल, शान्ता क्षेत्री, होम चौलागाईं, नानू दाहाल, सुनिता काफ्ले, अस्मिन सिटौला, धादिङ सभापति रामनाथ अधिकारी रहेका थिए । 

यस्तै नुवाकोट सभापति रमेश महत, चितवन सभापति राजेश्वर खनाल, मकवानपुर उपसभापति धर्म लामिछाने, सिन्धुली सचिव ईश्वर बस्नेत, काठमाडौ महानगर सभापति निलकाजी शाक्य, बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार र हरिप्रभा खड्गी, बागमती प्रदेश पुर्व सांसद नरोत्तम बैध्य र बिजुला बर्मा किर्तिपुरका मेयर कृष्णमान डंगोल, तरुण दल पुर्व केन्द्रीय सभापति बिनोद कायस्थ, नेता लोकेश ढकाल लगायत १ सय २३ जनाको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update