पाकिस्तानमा सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिए
                            
                            
                                                        
                                                     
                                                            इस्लामावाद - पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सैन्य कारबाहीका क्रममा पाँच आतङ्ककारीको मृत्यु भएको प्रहरी काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) ले सोमबार जनाएको छ ।
सीटीडीका कर्मचारीहरूले यस क्षेत्रमा आतङ्ककारीहरूको उपस्थितिको सूचनाको आधारमा प्रान्तको करक जिल्लामा गुप्तचरमा आधारित अपरेशन सञ्चालन गरेका थिए ।
मारिएका आतङ्ककारी प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तानका थिए । सुरक्षा बलहरूले उक्त क्षेत्रमा आतङ्कवाद विरुद्ध आफ्नो प्रयासलाई तीव्र पारेका छन् । शान्ति र स्थिरता सुनिश्चित गर्न सैन्य अपरेशनहरू जारी छन् ।
सीटीडीले आतङ्कवादीहरूको लुकेको ठाउँबाट ठूलो मात्रामा हातहतियार र गोलाबारुद पनि बरामद गरेको छ ।
आतङ्ककारीका सहयोगीलाई पक्राउ गर्न आसपासका क्षेत्रमा खोजी अभियान पनि चलाइएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ०८:०२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    