Harsamaya
ट्रकको ठक्करबाट घाइते  ट्राफिक प्रहरीको मृत्यु
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ घर भएका लामा गत चैत २९ गते ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए । 

लामाको ललितपुर ग्वार्कोस्थित ‘बी एण्ड बी’ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update