कोशी र गण्डकीमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
काठमाडौं - जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा बदली देखिएको छ।
विभागका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईका जिल्लामा मौसम सामान्यतया सफा रहेको छ।
यस्तै,दिउँसो कोशी प्रदेशका पहाडी भूभाग र हिमाली क्षेत्रमा बादल बढ्ने तथा केही स्थानमा मौसम बिग्रने सम्भावना रहेको छ। कोशी र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै, हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३ ०६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

