Harsamaya
सार्वजनिक यातायातको बढेको भाडादर कहाँको कति ?
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। विभागले अत्यन्त जरुरी सूचना जारी गर्दै नयाँ भाडादर लागू गरिएको जनाएको हो।

विभागका अनुसार विभिन्न १३ सूचकको विश्लेषण तथा इन्धनको मूल्यमा आएको परिवर्तनका आधारमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा स्वतः समायोजन गरिएको हो। विशेषगरी डिजेलको मूल्यमा भएको वृद्धिलाई मुख्य आधार मानिएको उल्लेख गरिएको छ।

नयाँ समायोजनअनुसार यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशतले बढेको छ। यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २१.६५ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ।

विभागले सार्वजनिक गरेको सूचना अनुसार संशोधित भाडादर आजकै मितिदेखि लागू भएको छ। साथै, अन्तरप्रदेश मार्गमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नयाँ भाडा सूची पनि सार्वजनिक गरिएको विभागले जनाएको छ।

भाडा वृद्धि कार्यान्वयन गर्न सम्बन्धित यातायात व्यवसायी तथा सरोकारवालालाई निर्देशन दिइएको छ भने यात्रुहरूलाई समेत नयाँ दरबारे जानकारी राख्न विभागले आग्रह गरेको छ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update