Harsamaya
राष्ट्रपतिले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपति कार्यालयको तर्फबाट सचिव महादेव पन्थले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले यही चैत २७ गते शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारी दिएका हुन् ।

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई दिउँसो ३ बजे सम्बोधन गर्ने तयारी भएको विज्ञप्तिमार्फत् जानकारी दिइएको छ ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०८२ साल चैत्र २७ गते शुक्रबारका दिन १५:०० बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने र त्यसका लागि सदस्यको उपस्थिति आहान गर्नुभएको व्यहोरा सादर अनुरोध गर्दछु‚’ विज्ञप्तिमा लेखिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update