Harsamaya
 प्रहरीले भन्यो - सागर लम्सालबारे भ्रामक सूचना नफैलाउनू
जिल्ला प्रहरी परिसर काठमाडौं ।

काठमाडौं - सागर लम्सालमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मिति २०८२ चैत २० गते पक्राउ परेका लम्साललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो।

प्रहरीले उक्त घटनासम्बन्धी सामाजिक सञ्जालमा विभिन्न व्यक्ति तथा सञ्चार माध्यमका नाममा सञ्चालन भएका अकाउन्टबाट फैलाइएका अभिव्यक्ति, धारणा तथा सूचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

अनुसन्धानकै क्रममा रहेको विषयमा भ्रामक तथा अप्रमाणित सूचना नफैलाउन र जिम्मेवार ढंगले सूचना सम्प्रेषण गर्न प्रहरीले सबैमा आग्रह गरेको छ।

665007235_1252926233713086_4934875854169578116_n-1775458359.jpg

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update