Harsamaya
चलचित्र ‘पाँच पाण्डव’बाट निकालिए कलाकार सागर लम्साल
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - कलाकर्मी फिल्म प्रालिले निर्माण गरिरहेको चलचित्र ‘पाँच पाण्डव’बाट कलाकार सागर लम्साल (बले) लाई हटाउने निर्णय गरेको छ ।

कम्पनीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा एक युवतीले लगाएको गम्भीर आरोपपछि उक्त निर्णय गरिएको जनाएको हो। विज्ञप्तिमा आरोपित लम्साल चलचित्रको एक चरित्रमा आबद्ध रहे पनि आरोप सार्वजनिक भएसँगै निर्माण पक्षले उनलाई औपचारिक रूपमा फिल्मबाट निष्कासन गरेको उल्लेख छ ।

निर्माण पक्षका अनुसार छायांकन अघि लम्साललाई १० प्रतिशत पारिश्रमिक दिइसकिएको भए पनि अब उनको स्थानमा अन्य कलाकार ल्याएर छायांकन अघि बढाइनेछ । यसबाट उत्पादनमा केही आर्थिक असर पर्ने भए पनि पीडितप्रतिको संवेदनशीलता र सामाजिक जिम्मेवारीलाई ध्यानमा राख्दै निर्णय गरिएको जनाइएको छ ।

कम्पनीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग समेत गरेको छ। साथै, पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update