Harsamaya
‘पाँच पाण्डव’ भोलिदेखि देशभर प्रदर्शन हुने, रोकिएको खबर अफवाह भएको निर्माताको दाबी
चलचित्र ‘पाँच पाण्डव’ ।

काठमाडौं - चलचित्र ‘पाँच पाण्डव’ को प्रदर्शन रोकिएको भन्ने विषयमा सार्वजनिक भएका समाचार तथा चर्चालाई निर्माताले निराधार अफवाह भन्दै खण्डन गरेका छन् ।

चलचित्रका निर्माताले बिहीबार एक विज्ञप्ति जारी गर्दै चलचित्र पूर्वनिर्धारित मिति कात्तिक २० गतेदेखि नै देशभरका सम्पूर्ण हलमा प्रदर्शन हुने स्पष्ट पारेका हुन् ।

विज्ञप्तिमा चलचित्रले कुनै पनि धर्म, धार्मिक आस्था वा धार्मिक स्थलप्रति चोट पुर्‍याउने, अपमान गर्ने अथवा अवहेलना गर्ने उद्देश्य नराखेको उल्लेख गरिएको छ ।

निर्माताले सबै धर्म, संस्कृति र आस्थाप्रति उच्च सम्मान रहेको जनाउँदै चलचित्रको विषयलाई लिएर फैलिएका चर्चामा विश्वास नगर्न दर्शकलाई आग्रह गरेका छन् ।

साथै, चलचित्रप्रति दर्शकले देखाएको माया, विश्वास, साथ र सद्भावप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग र समर्थनको अपेक्षा गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update