Harsamaya

काठमाडौं - कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा समेत आक्रामक सुरुआत गरेको छ । 

अग्रिम टिकट बिक्री खुला गरिएसँगै यसलाई खरिद गर्नेको चाँप बढेको फिल्मलाई पहिलो दिन विहीबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन् । यसका साथै फिल्मले पहिलो दिन २ करोड बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ ।

तिहारलाई लक्षित गर्दै प्रदर्शन भएको फिल्मले नेपालमा दोस्रो पनि आक्रामक कमाइ गर्ने सङ्केत गरेको छ । फिल्मलाई उपलब्ध गराईएको शो सङ्ख्या र दर्शकको अकुपेन्सी हेर्दा यसले आज शुक्रबार पनि पहिलो दिनकै हाराहारीमा कमाइ गर्ने बुझिएको छ ।   

नितेश तिवारी निर्देशित ’रामायण’मा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update